सैनामैनाको रामापुर मा.वि मा बृहत् रक्तदान कार्यक्रम हुदैं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सैनामैना : रुपन्देहीको सैनामैना ६ कलौनी स्थित श्री रामापुर मा.वि मा बृहत् रक्तदान कार्यक्रम हुने भएको छ ।

विद्यालयको ६१ अौं  वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसर पारेर 
जुनियर एवं युवा रेडक्रस सर्कल रामापुर मा.वि को आयोजना र सैनामैना युवा रेडक्रस सर्कलका साथै रामापुर स्काउट ट्रुपको सह आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुन लागेको हो ।

रेडक्रसले "तपाईंले गरेको रक्तदान, कसैका लागि जिवनदान हुनेछ" भन्ने नाराका साथ उक्त कार्यक्रम रामापुर मा.वि को प्राङ्गणमा बृहत् रुपमा  आयोजना गर्न लागेको हो ।

सो कार्यक्रम माघ २१ गते सोमबार  हुने आयोजकले जनाएको  छ । रक्तदान कार्यक्रम विहान ८ बजेदेखि  संचालन हुने छ ।

रक्तदान कार्यक्रमलाई सफल बनाउनका लागि सम्पूर्ण समाजसेवी, शिक्षाप्रेमी एवं नगरबासी लगायत सबैलाई सहभागी भई रक्तदान गरी सहयोग गर्न आग्रह समेत गरिएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।