झ्याप्ले खाेलामा सडक दुईतर्फी सञ्चालन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 असोज १५, काठमाण्डौ – नौबिसे खण्डको झ्याप्ले खोलामा सडक दुईतर्फी सञ्चालनमा आएकाे छ । झ्याप्ले खाेलामा केहीबेर अघिदेखि सडक दुईतर्फी सञ्चालनमा आएकाे र चितवनसम्म अवराेध नरहेकाे प्रहरीले जनाएकाे छ ।

पहिरोका कारण एकतर्फी रहेको सडकलाई दुईतर्फी नै चलाउने गरी काम गर्नका लागि दिउँसो १२ बजेदेखि ३ बजेसम्म सडक पूर्णरूपमा बन्द गरिएकाे थियाे । पहिराे पन्छाएसँगै सडक दुईतर्फी सञ्चालनमा आएकाे हाे ।

लामो यात्रामा निस्कनुभन्दा पहिले प्रहरी कार्यालयमा सम्पर्क गर्न नेपाल प्रहरीले आग्रह गरेको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।