शेयर बजार लगातार छैटाैँ काराेबार दिन घट्याे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै – शेयर बजार लगातार छैटौँ कारोबार दिन घटेको छ । हप्ताको पहिलो कारोबार दिन शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ५४ अङ्कले घटेर २ हजार ६३२ दशमलव ९६ विन्दुमा झरेको छ । नेप्से गएको हप्ताभरि नै घटेको थियो ।

आज सबै समूहको सूचक घटेकोमा फाइनान्स, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा समूहको सूचक १ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । आज २४० वटा कम्पनीको शेयर घटेकोमा २९ वटाको बढेको छ । यस्तै ६ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।

आज स्वाभिमान लघुवित्तको शेयर झन्डै ६ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन टक्सार पिखुवा खोला हाइड्रोपावर, याम्बलिङ हाइड्रोपावर, स्नो रिभर्स र धौलागिरि लघुवित्तको शेयर १५ प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । गएको शुक्रवार ३ अर्ब ९४ करोडको कारोबार भएकोमा आज ३५१ वटा कम्पनीका ७६ लाख ९९ हजार कित्ता शेयर २ अर्ब ६७ करोड रुपैयाँमा किनबेच भएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।