अछाममा दुई जना किशोरी मृत भेटिएको घटनामा अनुसन्धान शुरू, दुई जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 माघ १४,काठमाण्डौ – अछाममा दुई जना किशोरी मृत भेटिएको घटनामा प्रहरीले अनुसन्धान शुरू गरेको छ । घटनामा संलग्न रहेको आशङ्कामा दुई जना किशोरलाई पक्राउ गरेर अनुसन्धान शुरू गरिएको अछाम प्रहरीले जनाएको छ ।

ढकारी गाउँपालिका ८ घोडासैनकी १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्का अस्ति शनिवार बेलुकी ढकारी गाउँपालिका १ को जङ्गलमा मृत फेला परेका थिए ।

बाख्रा चराउन गएका उनीहरूको ओढारमा शव भेटिएको थियो । प्रहरीले शव पोस्टमार्टमका लागि भेरी प्रादेशिक अस्पताल नेपालगञ्ज पठाएको छ ।

घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले गएराति ढकारीकै दुई जना किशोरलाई पक्राउ गरेको हो । 
 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।