बुटवलमा लुम नेपालद्वारा यौनिकता र कानूनबारे एकदिने कार्यशाला सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बुटवल /   बुटवलको गोलपार्क स्थित समिट इंग्लिस बोर्डिङ स्कुलमा यौनिकता र कानूनबारे एक दिने वर्कसप कार्यशाला सम्पन्न भएको छ । लुम नेपालको आयोजनामा भएको उक्त कार्यशालामा संस्थाको तर्फबाट प्रतिनिधित्व गर्दै प्रशिक्षक सेहनाज ईदुले लैंगिकता, यौनिकता, यौन अभिमुखीकरण,यौन पहिचान,यौन सम्बन्धि कानूनी व्यवस्था लगायत स्वास्थ तथा प्रजनन अधिकार सम्बन्धि विषयहरुमा प्रशिक्षण गर्नुभएको थियो । 

Open photo
Open photo

कार्यशालामा स्कुलका सह- प्रधानध्यापक पार्बता खनाल र अतिरिक्त क्रियाकलाप संयोजक सुनिता ज्ञवालीले यौनिकतासम्बन्धी शिक्षाबाट विद्यार्थीले धेरै कुराहरु सिक्न पाएकोमा प्रशिक्षक हरुप्रति धन्यवाद व्यक्त गर्नुभयो । विद्यार्थीले सिकेको कुरा आफ्नो व्यवहारमा उतार्न र सम्पूर्णमा यसको शिक्षा फ‌ैलाउन अनुरोध गर्नुभयो । साथै वहाँले आगामी दिनमा यस्तै किसिमको कार्यक्रम गर्नको लागि स्कुलले सहकार्य गर्ने समेत प्रतिबद्धता जनाउनुभयो  Open photo

Open photoस्कुलका कक्षा ९ र १० कक्षामा मा अध्ययनरत २० जना विद्यार्थीहरुको सहभागीतामा शनिवार सम्पन्न कार्यशालामा ईसराफिल आलमले स्वंयमसेवकको भूमिका निर्वाह गर्नुभएको थियो ।

 

 

 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।