जापानको उत्तर–पूर्वी तटनजिक ६ दशमलव १ म्याग्निच्युडको भूकम्प

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ - जापानको उत्तर–पूर्वी तटनजिक आज बिहान ६.१ म्याग्निच्युडको भूकम्प गएको छ । 

जापान मौसम विज्ञान एजेन्सीलाई उद्धृत गर्दै जापान टाइम्सका अनुसार भूकम्पको केन्द्रविन्दु इवाते प्रान्तको तटीय समुद्री क्षेत्रमा रहेको छ । भूकम्प स्थानीय समयअनुसार बिहान ७:२५ बजे गएको हो । 

यसको केन्द्रविन्दु जमिनको सतहबाट झण्डै ४० किलोमिटर गहिराइमा रहेको छ । भूकम्पको धक्का इवातेसहित आओमोरी र आसपासका क्षेत्रमा समेत महसुस गरिएको थियो । 

हालसम्म भूकम्पका कारण कुनै मानवीय वा भौतिक क्षतिको विवरण सार्वजनिक भएको छैन । जापान विश्वकै सबैभन्दा बढी भूकम्प प्रभावित देशहरूमध्ये एक हो । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।