आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

आज सुनको भाउ घटेको छ । चाँदीको भाउ भने बढेको छ । हिजोको तुलनामा सुन आज तोलामा एक हजार रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ तोलाको २ लाख ८४ हजार २०० रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदी तोलामा १० रुपैयाँले बढेर तोलाको ४ हजार ३२० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।