सैनामैनामा जारी भलिवल प्रतियोगितामा बुधबार ४ खेल, नवलपुर, बाग्लुुङ र पाल्पा विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नरेश चौधरी, सैनामैना, मंसिर १३ ।
रुपन्देहीको सैनामैना–६ स्थित कलौनीमा जारी स्वःढुण्डी थरुनी स्मृति कप अन्तर जिल्ला स्तरिय भलिबल प्रतियोगितामा आज बुधबार चार खेल भएका छन् ।  पहिलो खेल कास्की जिल्ला र नवलपुर जिल्ला विच, दोस्रो खेल बाग्लुुङ र नवलपरासी त्यस्तै तेस्रो खेल पाल्पा र कपिलबस्तु विच र चौथो खेल नवलपुर र अर्घखाँची जिल्ला विच भएको हो । 

कास्की र नवलपुर विच भएको पहिलो खेलमा नवलपुरले जीत हासिल गरेको छ । कास्कीलाई नवलपुरले २२–२५,१४–२५,२५–२० र १५–२५ को सेटमा पराजित गरेको हो । बाग्लुुङ र नवलपरासी विच भएको दोस्रो खेलमा बाग्लुङ जिल्लाले जीत हात पारेको छ । बाग्लुुङ जिल्लाले नवलपरासीलाई २५–२१, ३०–३२,२६–२४ र २५–२१को सेटमा पराजित गरेको हो ।

पाल्पा र कपिलबस्तु विच भएको तेस्रो खेलमा पाल्पाले कपिलबस्तुलाई २६–२४, २५–१९, र २५–१५को सोझो सेटमा पराजित गरेको हो । त्यस्तै आजै भएको  नवलपुर र अर्घाखाँची विचको चौथो खेलमा नवलपुरले अर्घाखाँचीलाई २५–१४, २५–२०, र २५–१४ को सोझो सेटमा पराजित गरेको हो । 

स्थानीय दुधराक्ष युवाक्लको आयोजनामा जारी अन्तरजिल्ला स्तरिय भलिबल प्रतियोगिताको उपाधि जित्ने बिजेताले नगद र.१ लाख ११ हजार १ सय ११ ट्रफि, प्रमाण, उप–बिजेताले नगद रु.७७ हजार ७ सय ७७ रुपैया, ट्रफि, प्रमाणपत्र, तृतिय टिमले नगद रु.४४ हजार ४ सय ४४ रुपैया, ट्रफि, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । त्यस्तै सान्त्वना टिमले नगद रु.२२ हजार २ सय २२ रुपैया, ट्रफि प्रमाणपत्र, विधागत उत्कृष्ट खेलाडीहरुलाई नगद ७ हजार ७ सय ७७ रुपैया तथा सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार ५ सय ५५ रुपैयाबाट पुरस्कृत गरिने क्लबका अध्यक्ष किरण पोख्रलेले जानकारी दिनुभयो । 

भोलि विहिबार तीन खेल हुने आयोजकले जनाएको छ । भोलि पहिलो खेल कास्की र अर्घाखाँची विच, दोस्रो खेल स्याङ्जा र गुल्मी विच र तेस्रो खेल कपिलबस्तु र रुपन्देही विच हुने खेल संयोजक विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।