सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ - नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै पहिरो खसेपछि सडक अवरुद्ध छ ।

चितवनको इच्छाकामना गाउँपालिका–७ मा आज बिहान पौने ९ बजे पहिरो खसेको हो । डिभिजन सडक कार्यालय भरतपुरका अनुसार पहिरो ठूलो भएकाले दुईतर्फी नै गाडी बन्द छन् ।

अहिले पहिरो पन्छाउन थालिएको छ । पहिरो हटाउन झण्डै डेढ घण्टा लाग्ने र त्यसबेलासम्म यात्रुलाई धैर्य गर्न कार्यालयको आग्रह छ । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।