नेपाललाई हराउँदै बङ्गलादेशले जित्याे २० वर्षमुनिकाे साफ च्याम्पियनशिपकाे उपाधि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

घरेलु टाेली नेपाललाई हराउँदै बङ्गलादेशले २० वर्षमुनिकाे साफ च्याम्पियनशिप फुटबलकाे उपाधि जितेकाे छ ।

ललितपुरकाे सातदाेबाटाेमा रहेकाे एन्फा कम्प्लेक्सकाे मैदानमा भएकाे फाइनलमा बङ्गलादेशले नेपाललाई ४–१ गाेलले हरायाे । पहिलाे हाफमा एक गाेल गरेकाे बङ्गलादेशले दाेस्राे हाफमा तीन गाेल थप्याे । बङ्गलादेशका लागि खेलकाे पहिलाे हाफकाे इन्ज्युरी समयमा इस्लामले गाेल गरे । यस्तै खेलकाे ५४औं मिनेटमा गाेयरी, ७०औं मिनेटमा राबी र इन्ज्युरी समयमा पिआसले गाेल गरे । नेपालका लागि खेलकाे ८१औं मिनेटमा समिर तामाङले एक गाेल फर्काए ।

बङ्गलादेशले पहिलाे पटक साफकाे उमेर समूहकाे उपाधि जितेकाे हाे । यसअघि तीन पटकसम्म फाइनलमा पुगेकाे बङ्गलादेश उपाधिविहीन थियाे । यस्तै नेपालले सन् २०१५ र २०१७ गरी उपाधि जितेकाे थियाे ।

पहिलो सेमिफाइनलमा नेपालले पेनाल्टी सुटआउटमा भुटानलाई ४–१ ले हराएर र दोस्रो सेमिफाइनलमा बङ्गलादेशले पेनाल्टीमा भारतलाई ४–३ ले हराउँदै फाइनलमा पुगेका थिए ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।