रास्वपाको महिला उपसभापतिमा सोविता र तोसिमाबीच प्रतिस्पर्धा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारीका लागि आज चुनाव हुँदैछ । उपसभापतिमा स्वर्णिम वाग्लेको मात्रै उम्मेदवारी परेपछि उहाँ निर्विरोध भइसक्नुभएको छ भने महिला उपसभापतिमा सोविता गौतम र तोसिमा कार्कीबीच प्रतिस्पर्धा हुने भएको छ ।

महामन्त्रीमा कविन्द्र बुर्लाकोटी, प्रमोद न्यौपाने, मनिष झा, राजुनाथ पाण्डे, रञ्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिन कुमार आचार्यले प्रतिस्पर्धा गरेका छन् । महामन्त्रीका उम्मेदवार जगदीश खरेलले भने आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ ।

सहमहामन्त्रीमा रमेश प्रसाई, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असिम शाह, अशोककुमार चौधरी, मिलन लिम्बु, पुकार बम, विजय जैरु, हरि ढकाल, हिमेश पन्त र राजीव खत्री उम्मेदवार छन् ।

सहमहामन्त्री महिलामा जुली यादव, जमुना कुमारी शर्मा, कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्माले उम्मेदवारी दिएका छन् । आज ५ पदाधिकारीका लागि चुनाव हुन लागेको हो ।

चितवनमा ६ दिनअघि शुरु भएको रास्वपा महाधिवेशन ३ दिनमा सकिने कार्यतालिका भए पनि लम्बिएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।