स्याङ्जामा दुई हजार चार सय रोपनीमा आलुखेती

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 माघ ११, स्याङ्जा – स्याङ्जाका किसानले यो वर्ष दुई हजार चार सय रोपनीमा आलुखेती गरेका छन् ।

गल्याङ, चापाकोट, भीरकोट र वालिङका किसानले व्यावसायिक रूपमा आलुखेत गर्न थालेका कृषि ज्ञान केन्द्रका प्रमुख विनोद हमालले बताउनुभयो । उहाँका अनुसार आलुखेती हुने क्षेत्रफल वृद्धि भएकोले यस वर्ष उत्पादन पनि वृद्धि हुने सङ्केत देखिएको छ ।

गएको वर्ष एक हजार आठ सय ५० रोपनीमा आलुखेती गरिएको थियो । आलुखेती गर्ने किसानलाई स्थलगत प्राविधिक प्रशिक्षण, बीउ खरिदमा अनुदान, सिँचाइ, रोगकीरा व्यवस्थापन, ग्रेडिङ, प्याकिङ, भण्डारण र बजारीकरणका लागि ज्ञान केन्द्रले सहयोग गर्दै आएको छ ।

विभिन्न जातका बीउ आलु उत्पादनमा स्याङ्जा आत्मनिर्भर रहेको छ । बीउ आलु जिल्लाबाट अन्यत्र पनि निर्यात हुने गरेको छ । खायन आलु उत्पादन भने कम हुने भएकाले नपुगेकाले अन्तैबाट आयात गर्नुपर्ने अवस्था छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।