नेपाली महिला टाेली भानुआतुसँग २२ रनले पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै – आईसीसी महिला टी–२० च्यालेन्ज ट्रफी क्रिकेटमा नेपाल भानुआतुसँग २२ रनले पराजित भएको छ ।

भानुआतुले दिएको ९८ रनको लक्ष्य पछ्याएको नेपाल १५ ओभर ३ बलमा ७५ रन बनाउँदा अलआउट भयो । नेपालकी सम्झना खड्काले २४ रन बनाइन् । भानुआतीका भेनेसा विरा र नसिमना नावाइकाले ३/३ विकेट लिए ।

यसअघि रुवान्डामा टस जितेर ब्याटिङ गरेको भानुआतुले २० ओभरमा ५ विकेट गुमाएर ९७ रन बनायो । भानुआतुकी भ्यालेन्टा लाङ्गियातुले ४२ रन बनाइन् । नेपालकी रिया शर्माले २ विकेट लिइन् ।

प्रतियोगितामा नेपालको यो चौथो खेल हो । पहिलो खेलमा अमेरिकासँग ४४ रनले पराजित भएको नेपालले दोस्रो खेलमा इटालीलाई ५० रन र तेस्रो खेलमा घरेलु टोली रुवान्डालाई २ विकेटले हराएको थियो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पहिलो पटक आयोजना गरेको प्रतियोगितामा आयोजक रुवान्डासहित नेपाल, अमेरिका, इटाली र भानुआतु सहभागी छन् ।

सबै टोलीले एकअर्कासँग दुई पटक खेल्नेछन् । अङ्क तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ । प्रतियोगिता यही वैशाख १८ गतेसम्म चल्नेछ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।