लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ — लुम्बिनी विकास कोषका पदाधिकारी पदका लागि खुला प्रतिस्पर्धामार्फत आवेदन मागिएपछि १२ पदमा ७ सयभन्दा बढी आवेदन परेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पहिलो पटक खुला आवेदन आह्वान गरेसँगै कोषको नेतृत्वमा असाधारण चासो देखिएको हो ।

मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार सदस्य सचिव पदका लागि सबैभन्दा बढी २०९ जनाले आवेदन दिएका छन् । त्यस्तै योजना प्रमुख पदका लागि ११२, उपाध्यक्ष पदका लागि १०४ र कोषाध्यक्ष पदका लागि ८६ आवेदन परेका छन् ।

अन्य आवेदन परिषद् सदस्य तथा कार्यकारी तहका पदका लागि प्राप्त भएका छन् । यसअघि राजनीतिक पहुँच र आन्तरिक सहमतिका आधारमा पदाधिकारी चयन हुने परम्परा रहेकामा खुला प्रतिस्पर्धाको व्यवस्था गरिएपछि आवेदनकर्ताको सङ्ख्या उल्लेख्य रूपमा बढेको हो ।  

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।