नारायणघाट–बुटवल सडक : विनयी खोलाको पुलमा गाडी चलाउन रोक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ – नारायणघाट–बुटवल सडकखण्डअन्तर्गत पूर्वी नवलपरासीको दुम्किबासमा रहेको विनयी खोलाको पुलमा गाडी आवतजावतमा रोक लगाइएको छ ।

नवनिर्मित पुलको पुहँच मार्ग निर्माणका लागि पुलमा गाडी चलाउन आजदेखि रोक लगाइएको नारायणघाट–बुटवल सडक आयोजनाले जनाएको छ ।

पहुँच सडक निर्माण नहुँन्जेलसम्म डाइभर्सनबाट गाडी चलाउन आयोजनाले अनुरोध गरेको छ । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।