लुम्बिनीमा प्रलोपा–नाउपाको चुनावी भेटघाट कार्यक्रम सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

प्रगतिशील लोकतान्त्रिक पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपाल को संयुक्त आयोजनामा लुम्बिनी सांस्कृतिक नगरपालिका–१०, महिलवारमा चुनाव लक्षित भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ  । 


निर्वाचन परिचालन समितिका अनुसार कार्यक्रममा अपेक्षाभन्दा बढी नागरिकहरूको सहभागिता र साथ–समर्थन प्राप्त भएको थियो । 

स्थानीय बासिन्दाहरूको उत्साहजनक उपस्थितिले आगामी निर्वाचनप्रति सकारात्मक माहोल सिर्जना भएको समितिले जनाएको छ । 


रुपन्देही क्षेत्र नम्बर–५ का उम्मेदवार सुनिल चौधरीले जनताबाट प्राप्त विश्वास, समर्थन र आत्मीयताले आफूलाई थप उत्साहित बनाएको बताउनुभयो। उहाँले जनताको अपेक्षा अनुसार विकास, सुशासन र जनमुखी कामलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 


कार्यक्रममा दुवै पार्टीका नेता–कार्यकर्ता तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।