लगातार दोस्रो दिन सुनको भाउ घट्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ - आज सुनचाँदीको भाउ घटेको छ । आज सुनको भाउ ३ हजार ६०० रुपैयाँले घटेर तोलाको २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  

हिजो पनि सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँले घटेको थियो । आज चाँदीको भाउ पनि १०५ रुपैयाँले घटेको छ । चाँदी आज ४ हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 

हिजो चाँदीको भाउ तोलाको ४ हजार ५९० रुपैयाँ थियो । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।