सैनामैना नगरपालिकाको आर्थिक वर्ष २०८२/८३ को लागि बजेट सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८२/०८३ लागि रु. १ अर्ब ३४ करोड ८३ लाख ४९ हजार रुपैयाँको बजेट मंगलबार सार्वजनिक गरेको छ । 

सत्रौं  नगरसभाको बैठकमा मंगलवार सैनामैना नगरपालिका उपप्रमुख विना रानाले स्वास्थ्य,कृषि, पूर्वाधार विकास, पर्यटन र शिक्षालाई प्राथमिकता दिदै बजेट सार्वजनिक गर्नुभएको  हो ।

नगर प्रमुख फ प्रसाद शर्माको अध्यक्षतामा भएको सैनामैना नगरपालिकाको सत्रौं नगरसभामा चालु तर्फ रु. ५६ करोड ७९ लाख ६० हजार ५ सय र पूँजीगत तर्फ रु. ७८ करोड ३ लाख ८८ हजार ५ सय रुपैयाँको बजेट उप प्रमुख रानाले प्रस्तुत गर्नुभयो ।

“सैनामैना समृद्धिको आधार : उत्पादन, पर्यटन र पूर्वाधार” भन्ने नारालाई साकार पार्ने उद्देश्यले प्रस्तुत बजेटमा आ.व. ८२/८३ का लागि आर्थिक विकास तर्फ रु. ३ करोड ५८ लाख ३६ हजार , सामाजिक विकास तर्फ रु. ३७ करोड ५९ लाख २९ हजार ५ सय , पूर्वाधार विकास तर्फ रु. ७४ करोड ९८ लाख ८२ हजार ५ सय , वन,वातावरण तथा विपद व्यवस्थापन तर्फ रु. २ करोड १६ लाख , सुशासन तथा सेवा प्रवाह तर्फ रु. १६ करोड ५१ लाख १ हजार बजेट विनियोजन गरिएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।