आज ९ जिल्लामा आकस्मिक बाढीको न्यून जोखिम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ — आज ९ जिल्लामा आकस्मिक बाढीको न्यून जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले बिहान निकालेको बुलेटिन अनुसार बागमती र गण्डकीका थोरै ठाउँमा स–साना नदीमा बाढीको सामान्य जोखिम छ ।

काठमाण्डौ, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक र रसुवा, गोरखा, लमजुङ, तनहुँ र आसपासका जिल्ला भई बहने स–साना नदीमा आकस्मिक बाढीको न्यून सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ ।

त्यस्तै काठमाण्डौ उपत्यकामा पनि दिउँसोपछि मध्यमसम्म वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।