चितुवाकाे आक्रमणबाट बर्दियामा एक जनाकाे ज्यान गयाे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै – बर्दियामा चितुवाको आक्रमणबाट एक जनाको ज्यान गएको छ । बारबर्दिया नगरपालिका वडा नम्बर १० मा आज दिउँसो चितुवाको आक्रमणबाट स्थानीय बासिन्दा ५५ वर्षीया पार्वती डाँगीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

थानफेना सामुदायिक वनमा स्याउला लिन गएका बेला डाँगीलाई चितुवाले आक्रमण गरेको हो । स्याउला काटिरहेका बेला चितुवाले आक्रमण गर्दा उहाँको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।