अधिवक्ता परीक्षामा लुम्बिनी बौद्ध विश्वविद्यालयकी ज्ञवाली लुम्बिनी प्रदेशमा प्रथम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बुटवल । यस वर्ष लिइएको अधिवक्ता तहको परीक्षामा लुम्बिनी बौद्ध विश्वविद्यालयकी विद्यार्थी मञ्जिला ज्ञवालीले लुम्बिनी प्रदेशमा प्रथम स्थान हासिल गरेकी  छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयकाे कानुन संकायकाे पहिलाे ब्याचकी  विद्यार्थी मञ्जिलाले साे परीक्षामा नेपालमै तेस्रो स्थान प्राप्त गरेकी हुन् । उनले कुल ७८.६४ प्रतिशत अंक पाएकी छन् ।

साे परीक्षामा कुल ८०.९१ प्रतिशत प्राप्त गरी बागमती प्रदेशकी गीता बाेगटी नेपाल प्रथम भएकी छिन्

उक्त परीक्षामा लुम्बिनी बौद्ध विश्वविद्यालयकै  प्रविन कुमारी तिवारीले पाँचौं स्थान प्राप्त गरेका छन् ।

मञ्जिलाले शंकरनगरस्थित स्मृति बाेर्डिङ् स्कुलबाट एसईई उत्तीर्ण गरी दीप बाेर्डिङ् स्कुलबाट विज्ञान विषयकाे अध्ययनपछि स्नातक तहमा कानुन संकायमा प्रवेश गरेकी थिइन् ।

विश्वविद्यालयका मानविकी तथा सामाजिक शास्त्र संकायका डिन डा. हरिशरण चखुँले पहिलो पटक सहभागी भएको ब्याचका विद्यार्थीले उत्कृष्ट नतिजा हासिल गरेकोमा खुसी व्यक्त गरे ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।