सैनामैनाको बासगढींमा खेलमैदान निर्माणको लागि युवा नेता प्रज्वल बोहोराको अग्रसरता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 निश्चल ज्ञवाली 

सामाजिक अभियन्ता एवं युवा नेता प्रज्वल बोहोराले विकास निर्माणको कार्यमा आफू सधैं अग्रसर हुने बताउनुभएको छ । रुपन्देही जिल्लाको सैनामैना स्थित बासगढींमा आयोजित युवा भेला तथा भेटघाट कार्यक्रममा नेता बोहोराले युवाहरुको क्षेत्रमा आफू सधैं अग्रसरताका साथ लाग्ने बताउनुभएको हो । 

Open photo

सैनामैनाको बांसगढीमा खेल मैदानको पहलको लागि मन्त्रालय तथा मन्त्रीसँग सिफारिस गर्नको लागि बिनियोजित बजेटलाई खेलमैदान निर्माणको कार्यमा सुरु गर्न एवं आवश्यक पहल गर्ने उदेश्यले उक्त भेटघाट कार्यक्रम आयोजना गरिएको बासगढीं युवा क्लबका अध्यक्ष शिवु भण्डारीले बताउनुभयो । 

Open photo

करिब १ करोडको लगानीमा निर्माण हुने खलमैदानमा छिट्टै नै डिपिआरको काम सुरु हुनेछ केन्द्रीय सरकार र प्रदेश सरकाको बजेटमा निर्माण हुने उक्त खेलमैदानमा प्यारापिट,पार्किङ,फुटसल आदि संरचना रहनेछ । रुपन्देही जिल्लाका उदयमान विकास प्रेमी नेताको रुपमा परिचित प्रज्वल बोहोराले पछिल्लो समय समाजका एवं युवाहरुको समस्यालाई सुनी त्यसको समाधान गर्ने उदेश्यले निरन्तर अग्रसर भएर लाग्नुभएको छ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।