रामेछापको लेखर्कमा पहिरोमा परेर दुई जनाको ज्यान गयो, आठ जना बेपत्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भदौ ९, काठमाण्डौ – रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ लेखर्कमा पहिरोमा पुरिएर दुई जनाको ज्यान गएको छ । आठ जना हराइरहेका छन् ।

गएराति १० बजेतिर झरेको ठूलो पहिरोले छ वटा घर बगाएको गाउँपालिकाका उपाध्यक्ष खमला थापामगरले उज्यालोलाई जानकारी दिनुभयो । चण्डिका थापामगर र एउटा बालकको शव भेटिएको छ । अरू आठ जना हराइरहेका उहाँले बताउनुभयो ।

पहिरोले पाँच वटा घर बगाएर अँधेरी खोलामा पुर्‍याएकाले घरहरु कहाँ पुगे भन्ने थाहा छैन । घरकै नामनिशान नभएकाले हराइरहेका मानिस खोज्न पनि समस्या भएको उपाध्यक्ष थापामगरको भनाइ छ ।

पहिरोपछिको बाढीले एउटा पक्की पुल पनि बगाएको छ । अहिले घटनास्थलमा नेपाली सेना र नेपाल प्रहरी पुगेर खोजी शुरु गरेका छन् । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।