काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा सदस्य चुनावका लागि झापा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराउनुभएकाे छ ।
भद्रपुरमा रहेकाे निर्वाचन अधिकृतको कार्यालयमा पुगेर लिङ्देनले मनोनयन दर्ता गराउनुभएको हो । यस क्षेत्रबाट नेपाली कांग्रेसका राजेन्द्र घिमिरेले पनि उम्मेदवारी दर्ता गराउँदै हुनुहुन्छ ।