हर्क साम्पाङद्वारा सुनसरी १ बाट उम्मेदवारी दर्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले प्रतिनिधिसभा सदस्य चुनावका लागि सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराउनुभएकाे छ ।

धरान सभागृहमा रहेकाे निर्वाचन अधिकृतको कार्यालयमा पुगेर साम्पाङले मनोनयन दर्ता गराउनुभएको हो । २०७९ सालको पालिका चुनावमा उहाँ धरान उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित हुनुभएकाे थियाे ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।