जेठ ६, काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
अस्वस्थताका कारण संसद्मा प्रश्नोत्तर कार्यक्रममा अनुपस्थित हुनुभएका प्रधानमन्त्री ओलीलाई भेट्न कांग्रेस सभापति देउवा बालुवाटार पग्नुभएको हो । उहाँहरूबीच नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयमा छलफल भएको छ । गभर्नर पद रिक्त रहेको डेढ महिना पुग्न लाग्दा पनि सरकारले नियुक्त गर्न सकेको छैन ।
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीचको भेटवार्तापछि मन्त्रिपरिषद् बैठक बोलाइएको छ । आज बेलुका ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको हो । त्यसअघि उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गभर्नर सिफारिश समितिको बैठक बोलाउनुभएको छ ।