काठमाण्डाै – सरकारले गणेश नेपालीको आत्मदाह घटनाको सत्यतथ्य पत्ता लगाउन न्यायिक समिति गठन गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश केशवप्रसाद बास्तोलाको अध्यक्षतामा समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो । घटनाको गम्भीरतालाई हेरेर न्यायिक समिति गठन गरेको उहाँले बताउनुभयो ।
गणेश नेपालीले गएको असार २५ गते काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएपछि उपचारका क्रममा ज्यान गएको थियो ।