नेकपा एमाले सैनामैनाकाे दाेस्राे नगर अधिवेशन भाेलि हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सैनामैना, कार्तिक ६। नेकपा एमाले सैनामैना नगरकाे दाेस्राे अधिवेशन भाेलि कार्तिक ७ गते हुने भएको छ । अधिवेशनकाे सबै तयारी पूरा भएकाे नगर अध्यक्ष चेतनारायण न्याैपाने (नारायण)ले जानकारी दिनुभयाे ।

अधिवेशन मार्फत आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेे छ । नेकपा एमालेको नगर कमिटि ७५ सदस्यीय रहने विधानमा व्यवस्था छ । जसमा एक अध्यक्ष, उपाध्यक्ष, सचिव र दुईजना उपसचिव सहित अन्य सदस्यहरु रहनेछन् । कमिटीमा ३३ प्रतिशत महिला, २० प्रतिशत युवा र बाँकी अन्य सदस्यकाे सहभागिता हुने छ ।

अधिवेशनकाे पार्टी केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पदमा अर्यालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

नगर अधिवेशन सम्पन्न गर्न वडा नं. १ देखि ११ का २५१ जना प्रतिनिधि छनाैट भएका छन् । कार्यक्रम सैनामैना-८ रामापुरकाे सत्चिन्तनमा हुने छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।