कान्ति लोकपथमा कार दुर्घटना : दुई जनाको ज्यान गयो, एक जना घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कान्ति लोकपथअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर १२ चौतारामा कार दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । अर्का एक जना घाइते भएका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) लक्ष्मी भण्डारीले  जानकारी दिनुभयो ।

ललितपुरबाट हेटौंडातर्फ गुडरहेको कार बिहान चौतारानजिकै सडकबाट खसेको हो ।  ज्यान गुमाउनेमा रौतहटको मौलापुर नगरपालिका–६ का १७ वर्षीय विवेक साह र बकैया गाउँपालिका–१२ का ६५ वर्षीय प्रेमबहादुर ब्लोन रहेका छन् ।

दुर्घटनामा घाइते भएका तीनै जनालाई उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याइएको थियो । साह र ब्लोनको उपचारका क्रममा ज्यान गएको डीएसपी भण्डारीले बताउनुभयो । दुर्घटनामा बाराको निजगढ नगरपालिका–६ का ३० वर्षीय सन्दीप साह गम्भीर घाइते हुनुभएको छ । उहाँको  मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।   

 

 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।