१७ वर्षमूनीको साफ च्याम्पियनशिप फुटबल : पाकिस्तानसँग नेपाल पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 असोज ५,१७ वर्षमूनीको साफ च्याम्पियनशिप फुटबलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । भुटानको थिम्पुमा भएको खेलमा नेपाल पाकिस्तानसँग १–० गोलले पराजित भएको हो ।

खेल बराबरीतर्फ अघि बढेकोमा ८२ औँ मिनेटमा पाकिस्तानले गोल गरेर विजयी भएको हो । समूह ‘ए’ मा भारत, बङ्गलादेश र माल्दिभ्स तथा समूह ‘बी’ मा आयोजक भुटानसहित नेपाल, पाकिस्तान र श्रीलङ्का रहेका छन् । नेपालले पर्सि श्रीलङ्का र आउँदो बुधवार आयोजक भुटानसँग खेल्नेछ ।
 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।