काभा महिला क्लब च्याम्पियशिपमा आज नेपाल पुलिस र माल्दिभ्स पुलिस क्लब खेल्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काभा महिला क्लब च्याम्पियशिपमा आज नेपाल पुलिस र माल्दिभ्स पुलिस क्लब खेल्दै

 

 असोज ४, 

काभा महिला क्लब च्याम्पियशिपमा लिग चरणको अन्तिम खेलमा आज नेपाल पुलिस र माल्दिभ्स पुलिस क्लब खेल्दैछन् । माल्दिभ्सको मालेमा हुने यो खेल नेपाली समयअनुसार बेलुका पौने ६ बजे शुरु हुनेछ । नेपाल पुलिस क्लब एक खेल अगावै च्याम्पियशिपको फाइनल प्रवेश गरेको छ ।

हिजोसम्म भएका चार खेलमै नेपाल पुलिस अपराजित रहँदै फाइनल पुगेको हो । प्रतियोगितामा पुलिस शीर्ष स्थानमा छ । यसअघि पुलिसले उज्वेकिस्तानको हुमो भलिबल क्लब, श्रीलङ्काको श्रीलङ्का एयर फोर्स, ताजकिस्तानको डाइमेड र माल्दिभ्सको वोम्को क्लबलाई पराजित गरेको हो । 
 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।