जलवायु वित्तको माग गर्दै बुटवल सहित विभिन्न ठाउँमा सडक र्‍याली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जलवायु वित्तको माग गर्दै बुटवल सहित नेपालका विभिन्न १६ सहरमा मानिसहरू सडकमा उत्रिएका छन् । जलवायु अभियन्ता, नागरिक समाज, पिछडिएको वर्ग, अपाङ्गता भएका व्यक्ति, साना किसान, आदिवासी र स्थानीय समुदायले विश्वव्यापी रूपमा अजरबैजानको बाकुमा जारी कोप–२९ को समर्थनमा सडकमा र्‍याली गरेका हुन् ।

यो र्‍यालीले वैश्विक उत्तर (ग्लोबल नर्थ) का सरकारलाई ऐतिहासिक जलवायु ऋण चुकाउन र वैश्विक दक्षिण (ग्लोबल साउथ) प्रतिको आफ्नो वित्तीय दायित्व पूरा गर्न आह्वान गरेको छ ।  सिटि क्याम्पस बुटवलमा अध्ययनरत कानूनका विद्यार्थीहरु, स्थानीय समेतको उपस्थितिमा  शनिवार दिउँसो आयोजना गरिएको र्‍याली बुटवलको पुष्पलाल पार्क आसपासको क्षेत्रमा आयोजना गरिएको थियो ।

र्‍यालीको क्रममा विभिन्न सचेतनामुलक नाराको साथै फल्यास मुब र World’s Youth for Climate Justice का जलवायु अभियन्ता हरु प्रज्वल विक्रम राणा, रोजिना श्रेष्ठ लागायत YCSA, Sustainability Week का अभियन्ताहरुको भनाई राखिएको थियो  यस्तै बुटवल सहित देशका विभिन्न सहरहरू काठमान्डौ, चितवन, ढल्केबर, विराटनगर, जनकपुर, पोखरा, लमजुङ, हेटौडा, बुटवल, धनगढी, धुलिखेल, धादिङ, झापा सप्तरी, सुर्खेत, र नेपालगन्जमा समेत कार्यक्रम लक्षित  गतिविधिहरू सञ्चालन गरिएको आयोजकले  जानकारी दिएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।