मुस्ताङको लोमान्थाङबाट ५९० कार्टुन भेपसहित तीन जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ - मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ एक्लेभट्टीबाट ५९० कार्टुन चाईनिज इलेक्ट्रिक चुरोट (भेप) तथा अन्य विभिन्न सामान र कन्टेनरसहित तीन जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेहरूमा धादिङको धुनीबेशी नगरपालिका–१ का सन्तोष लामा, सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–२ का फुन्चुदोर्जे तामाङ र भोटेकोसी गाउँपालिका–३ का पासाङ शेर्पा रहेका सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो । 

उनीहरू कोरोला नाका हुँदै काठमाण्डौतर्फ लाग्दै गर्दा पक्राउ परेका हुन् । ना ६ ख ४७४३ र ना ५ ख ७९२१ नम्बरको कन्टेनरमा भेपसहित २ सय ५९ कार्टुन विभिन्न कम्पनीका जुत्ता, ८ बोरा मोजा, १५ बोरा लत्ताकपडा समेत रहेको थियो । 

पक्राउ परेकालाई आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई र बरामद सामान मुस्ताङ भन्सार कार्यालयमा बुझाइएको भट्टले बताउनुभयो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।