२० वर्षमुनिको साफ च्याम्पियनशिप : भारतले भुटानलाई हरायो, ३ जना खेलाडीलाई ‘रेड कार्ड’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

२० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा भारतले भुटानलाई हराएको छ ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा भारतले भुटानलाई १–० गोलले हरायो । भारतका लागि खेलको मिनेटमो मोनिरुल मोलाले ३७ औं मिनेटमा गोल गरे ।

यो खेल निकै तनावपूर्ण रहेको थियो । यो खेलमा भारतका दुई जना र भुटानका एक जना खेलाडीलाई रेफ्रीले रेड कार्ड देखाएका थिए । खेलकाे ६५ औ‌ मिनेटपछि भारत ९ र भुटान १० जना खेलाडीमा सीमित भएकाे थियाे । जीतसँगै भारतले समूह ‘बी’ मा ३ अङ्क जोडेको छ ।

प्रतियोगितामा भोलि समूह ‘ए’ का बङ्गलादेश र श्रीलङ्का खेल्दैछन् । हिजोदेखि शुरू भएको प्रतियोगिता यही भदौ १२ गतेसम्म चल्नेछ । प्रतियोगिताको समूह ‘ए’ मा आयोजक नेपालसहित बङ्गलादेश र श्रीलङ्का तथा समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान छन् ।

 

 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।