२०८१ सालमा ३४ दिन सार्वजनिक बिदा, पृथ्वी जयन्ती र शहीद दिवसको दिन बिदा थपियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

फागुन २,काठमाण्डाै – आउँदो वर्ष २०८१ सालमा ३४ दिन सार्वजनिक बिदा हुने भएको छ । गृह मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको बिदा सूचीअनुसार २०८१ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्ममा २७ दिन पर्व बिदा र सात दिन दिवसकाे बिदा गरी ३४ दिन सार्वजनिक बिदा परेको हो ।

राजपत्रमा प्रकाशित सूचनाअनुसार महिला कर्मचारीहरूका लागि हरितालिका तीज पर्व बिदा दिइएको छ । यस्तै जितिया मनाउने महिला कर्मचारीहरूले जितिया पर्वको बिदा पाउँछन् । शिक्षण संस्थाहरूमा वसन्त पञ्चमीमा थप बिदा हुन्छ । काठमाण्डौ उपत्यकामा विभिन्न जात्राका लागि थप चार दिन, गौरा पर्व मनाउने क्षेत्रमा एक दिन, सिरुवा पावनी पर्व मनाउने ठाउँमा एक दिन सार्वजनिक बिदा छ । यस्तै अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका दिन अपाङ्गता भएका कर्मचारीहरूले बिदा पाउँछन् । यस्तै आउँदो वर्ष वर्षभरिका शनिवार बिदा ५३ दिन परेको छ ।

राजपत्रमा प्रकाशित बिदा सरकारी तथा गैरसरकारी क्षेत्रका लागि लागू हुन्छ । विदेशमा रहेका नेपाली नियोगहरूले सम्बन्धित देशका सार्वजनिक बिदाहरूलाई समेत हेरी बढीमा १८ दिनसम्म सार्वजनिक बिदा आफैँले व्यवस्थापन र समायोजन गर्न सक्छन् ।

जनयुद्ध दिवसको बिदा सर्वोच्च अदालतको आदेशसँगै यस वर्षदेखि नै बदर भएको थियो । अर्को वर्षका लागि शहीद दिवस र पृथ्वी जयन्तीको बिदा थप भएको छ ।

२०८१ सालको सरकारी तथा सार्वजनिक विदा (५४, १०-२९).pdf - Google Drive 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।