सुनकाे भाउ ४ हजार ८०० रुपैयाँले घट्याे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै – हप्ताको पहिलो दिन सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ ४ हजार ८०० ले घटेर तोलाको ३ लाख ९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति शुक्रवार सुनको भाउ तोलाको ३ लाख १४ हजार २०० रुपैयाँ रहेको थियो । पछिल्ला तीन कारोबार दिनमा सुनको भाउ लगातार घटिरहेको छ ।

आज चाँदीको भाउ २२५ रुपैयाँले घटेको छ । चाँदी आज तोलाको ५ हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि पछिल्ला तीन कारोबार दिनयता घटिरहेको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।