पाकिस्तानको कराँचीमा अपराधका घटना बढ्दै - Radio times 94.8

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पाकिस्तानको कराँचीमा अपराधका घटना बढ्दै गएको पाइएको छ । सिन्ध प्रान्तको नागरिक प्रहरी सम्पर्क समितिले जारी गरेको प्रतिवेदनअनुसार यस वर्षको जुन महिनामा ५ हजार २ सय ८८ वटा अपराधका घटना भएका छन् ।

यस अवधिमा २ हजार ७ सय ९२ वटा मोटरसाइकल चोरीका घटना भएका छन् तीमध्ये ५ सय ६४ वटा मोटरसाइकल बन्दुक तेस्र्याएर लुटिएका थिए ।

त्यतिको सङ्ख्यामा मोटरसाइकल चारी भएपनि केबल १ सय ९६ वटा मात्र फेला परेको पाकिस्तानी समाचार पोर्टल द न्युज पाकिस्तानले जनाएको छ ।
यस अवधिमा २४ वटो सवारी साधान लुटिएको छ भने १३५ सवारी चारी भएका छन् । त्यसमध्ये केबल ८० वटा सवारीमात्र फेला परेको प्रतिवेदनमा जनाइएको छ ।

जुन महिनामा १,४३३ वटा मोबाइल फोन चोरी भएका छन् । जसमध्ये केबल १८ वटा मोबाइलमात्र फेला परेको छ । सो अवधिमा कराँचीमा भएका हिंसात्मक घटनामा परी ४० जनाको मृत्यु भएको छ । यद्यपि जुन महिनामा फिरौतीका लागि हुने अपहरणका घटना भने दर्ता नभएको प्रतिवेदनमा जनाइएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।