आज सुनचाँदीको भाउ बढ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ - कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ आज तोलामा १ हजार २०० रुपैयाँले बढेको हो । 

भाउ बढेर सुन आज तोलाको २ लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रबार सुनको भाउ तोलाको २ लाख ९२ हजार रुपैयाँ रहेको थियो । 

त्यस्तै आज चाँदी तोलामा ५५ रुपैयाँले बढेको छ । अस्ति शुक्रबार तोलाको ४ हजार ८४० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको ४ हजार ८९५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।