सैनामैना : रुपन्देहीको सैनामैना नगरपालिका वडा नं ४ मुर्गियामा रहेको गुणात्मक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पन्ध्रौं वार्षिक साधारण सभा तथा पाचौं अधिवेशन शनिबार सम्पन्न भएको छ ।
कार्यक्रम संस्थाका अध्यक्ष पूर्णबहादुर पुन को अध्यक्षता, सैनामैना नगरपालिका का प्रशासकीय अधिकृत एवं सहकारी प्रमुख रामकुमार भट्टराईको प्रमुख आतिथ्यता र संस्थाका संस्थापक अध्यक्ष पुजेन्द्र श्रीसको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सैनामैना नगरपालिकाका प्रशासकीय अधिकृत एवं सहकारी प्रमुख रामकुमार भट्टराईले सहकारीको मूल मर्म, स्वच्छता र गरिमा कायम राख्दै सबैले एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन
संस्थाका विभिन्न पदाधिकारी,सेयर सदस्य, कर्मचारी लगायतको उपस्थितिमा सम्पन्न पन्ध्रौं वार्षिक साधारण सभा तथा पाचौं अधिवेशनले केश बहादुर रानाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मतिमा चयन गरेको छ ।
जसको उपाध्यक्षमा आशा राना, सचिवमा गगन बहादुर पुन, कोषाध्यक्षमा लोकबहादुर थापा श्रीस, देवी थापा, ओमबहादुर श्रीस, शान्ति पुन, कमला श्रीस र ईन्द्रा कुमारी थापा चयन हुनुभएको छ ।
यस्तै संस्थाको पन्ध्रौं वार्षिक साधारण सभा तथा पाचौं अधिवेशनले लेखा सुपरिवेक्षण समिति संयोजकमा धनकुमारी राना, सदस्यहरुमा निर्मल बलाल र रीता तामाङ पुनलाई चयन गरेको छ ।
सहकारी संस्थाका नवनिर्वाचित अध्यक्ष केशबहादुर रानाले कार्यसमितिका तर्फबाट बोल्दै, सहकारीलाई पारदर्शी, उत्तरदायी र सदस्यमुखी बनाउँदै संस्थाको आर्थिक स्थायित्व थप मजबुत बनाउने दृढ प्रतिज्ञा व्यक्त गर्नुभयो। नयाँ नेतृत्वले सहकारीको भरोसा, जवाफदेहिता र सेवा–सुविधामा सुधार आफ्नो पहिलो प्राथमिकता रहने बताउँदै सदस्यहरूको अपेक्षाअनुसार काम गर्ने प्रतिवद्धता जनाएको छ।
सैनामैना नगरपालिका वडा नं ४ मुर्गिया स्थित सैनामैना मगर संघको भवनमा सम्पन्न उक्त कार्यक्रममा संस्थाका निर्वतमान सचिव केशबहादुर रानाको सञ्चालन र संस्थाकि उपाध्यक्ष रिता आशा रानाको स्वागत मन्तव्य रहेको थियो ।
कार्यक्रममा संस्थाका पदाधिकारी, सेयर सदस्य, स्थानीय शुभेच्छुक, कर्मचारी तथा विभिन्न सामाजिक क्षेत्रका प्रतिनिधिको उल्लेख्य उपस्थिति रहेको थियो ।