एमाले महाधिवेशनको बन्दसत्र शुरू

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै – नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र शुरू भएको छ । भृकुटीमण्डपमा केहीबेर अघिदेखि बन्दसत्र शुरू भएकाे हाे ।

बन्दसत्रको आरम्भ गर्दै अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिलाई स्वागत गर्दा महाधिवेशन निर्बाध सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले बन्दसत्रमा सचिवालयका पदाधिकारी रहेको अध्यक्षमण्डल घोषणा गर्नुभयो ।

बन्दसत्रमा विधान संशोधन प्रस्ताव, निर्वाचन कार्यतालिका, आचारसंहिता, समसामयिकलगायत विषय प्रस्तुत हुनेछ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।