नव स्टार युवा क्लब सैनामैनाको आयोजनामा भोलि सांस्कृतिक कार्यक्रम हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सैनामैना :  नव स्टार युवा क्लबको  आयोजनामा भोलि मंसिर ३० गते आइतबार विशेष सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

स्थानीय कलाकारहरुलाई प्रोत्साहन  गर्ने उदेश्यले आयोजना गर्न लागिएको उक्त  कार्यक्रममा  कलाकारहरुको  बेजोड प्रतुति रहनेछ भने  क्लबका सदस्यहरुले  सांस्कृतिक नृत्य एवं नाटक समेत प्रस्तुत गर्नेछन् ।

कार्यक्रममा  रुपन्देहीका चर्चित र्यापर विनोद पाण्डे (मिस्टर पाण्डे), र्यापर युकेश मगर एवं लोक गायक अमृत सुनार को प्रतुति रहने भएको छ ।

क्लबका सदस्य विजय सुनारको सञ्चालनमा हुने कार्यक्रम सैनामैना नगरपालिका वडा नं ५ प्रगति टोल स्थित गौडिमा दिउँसो ३:०० बजेदेखि सुरु हुने छ । 

साथै कार्यक्रममा  सम्पूर्ण नगरबासीमा हर्षाउल्लासका  उपस्थितिको लागि आग्रह गरिएको आयोजकले जनाएको छ ।
"विकासको लागि परिवर्तन, परिवर्तनका लागि संगठन संगठनका लागि नव स्टार युवा क्लब" भन्ने मूल नारालाई आत्मसात् गर्दै क्लबले स्थापना कालदेखि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।