काभ्रेको बुच्चाकोटमा बस दुर्घटना : ७ जनाको ज्यान गयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै – काभ्रेको बुच्चाकोटमा बस दुर्घटना हुँदा ७ जनाको ज्यान गएको छ । बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोकका लागि छुटेको बा ३ ख ८३९८ नम्बरको बस नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा दुर्घटना भएको हो ।

दुर्घटनामा ७ जनाको ज्यान गएको र ज्यान गुमाउनेको परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । दुर्घटना भएको बस अरनिको यातायातको हो । घटनास्थलमा अहिले उद्धार कार्य भइरहेको छ ।

प्रहरीका अनुसार १६ जनालाई उद्धार गरी धुलिखेल अस्पतालमा पठाइएको छ । बसमा कति जना चढेका थिए खुल्न सकेको छैन । बस चालकले प्रहरीलाई बताए अनुसार २५ देखि ३० जना यात्रु रहेका प्रारम्भिक विवरण छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।