सैनामैना : रुपन्देहीको सैनामैना नगरपालिका–५ गढवा, मलमला टोलमा शनिबार राति अज्ञात समूहले चोरी गरेको छ। स्थानीय डोलराज चापागाईंको घरबाट करिब १० लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको पीडित परिवारले जनाएको छ।
चोरी भएका सामग्रीमा एक थान भिभो मोबाइल, लकेटसहितको सिक्री, माहिली तिलहरी, पातर भएको औँठी र तीन थान मुन्द्रा रहेका छन्। घटनापछि स्थानीयवासीमा त्रासको वातावरण सिर्जना भएको छ।
घटनाबारे प्रहरीलाई जानकारी गराइसकिएको र दोषीको पहिचान तथा पक्राउका लागि थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।