सुनको भाउ आज तोलामै ५ हजार १०० रुपैयाँले घट्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ - आज पनि सुनचाँदीको भाउ घटेको छ । आज सुनको भाउ तोलामै ५ हजार १००  रुपैयाँले घटेर २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

हिजो सुनको भाउ तोलाको १० हजार १०० रुपैयाँले घटेर २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको भाउ पनि तोलामा ९० रुपैयाँले घटेको छ । 

हिजो तोलाको ४ हजार ७४० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलाको ४ हजार ६५० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।