अमेरिकी अध्यागमन अधिकारीले गोली चलाउँदा एक महिलाको ज्यान गयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

अमेरिकी अध्यागमन अधिकारीले मिनियापोलिस शहरमा गोली चलाउँदा ३७ वर्षीया महिलाको ज्यान गएको छ । गृह सुरक्षा विभागले रेनी निकोल गुड नामकी ती महिला एक हिंसक दङ्गाकारी रहेको र उनले अध्यागमन र भन्सार प्रवर्तन (आईसीई) अधिकारीहरूलाई कुल्चने प्रयास गरेकी बताएको छ ।

तर मिनियापोलिसका मेयर ज्याकब फ्रेले एजेन्टको लापर्बाहीपूर्वक शक्ति प्रयोगका कारण ती महिलाको ज्यान गएको बताउनुभएको छ । उहाँले आईसीई अधिकारीहरूलाई शहर छोड्न भन्नुभएको छ ।

यसैबीच ट्रम्प प्रशासनले आत्मरक्षाका लागि गोली चलाएको भनाइलाई स्थानीय अधिकारीहरूले अस्वीकार गरेपछि वाकयुद्ध शुरू भएको बीबीसीले जनाएको छ ।

अवैध आप्रवासनविरुद्ध ह्वाइट हाउसको कारबाहीको एक भागका रूपमा मिनेसोटा राज्यको मिनियापोलिसमा सयौं आईसीई अधिकारी खटाइएको छ । ट्रम्प प्रशासनले अमेरिकाका अन्य शहरहरूमा पनि आईसीई अधिकारीहरू पठाएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।