झापामा ‘सिरिन्ज’ आक्रमणबाट एक जनाको ज्यान गयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

झापा – झापाको भद्रपुर नगरपालिका–१० सत्रविघेमा सिरिन्ज आक्रमणबाट एक जनाको ज्यान गएको छ । आक्रमणमा परि स्थानीय खेम ढकालको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार हिजो बेलुकी ढकाल छिमेकीको घरबाट आफ्नो घरतर्फ फर्कंदा अज्ञात व्यक्तिहरूको आक्रमणमा पर्नुभएको हो । आक्रमणबाट गम्भीर घाइते ढकालको अस्पताल पुर्याउने क्रममा बाटोमा ज्यान गएको प्रहरीले जनाएको छ ।

आक्रमणमा संलग्न भएको आशङ्कामा प्रहरीले सिरहाका २६ वर्षीय दीपेशकुमार सिंहलाई पक्राउ गरेको प्रहरी प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताउनुभयो । सिरिन्जमा प्रयोग गरिएको पदार्थबारे जानकारी भई नसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।