मुगु सामूहिक हत्याका दुई आरोपी पक्राउ, दुई बजे सार्वजनिक गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : मगुको छायानाथ रारा नगरपालिका-६ मुन्दु गाउँमा एकै परिवारका चार जनाको हत्यामा संलग्न आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

उनीहरूलाई शुक्रबार दिउँसो मुगुमा सार्वजनिक गर्ने तयारी छ। पक्राउ पर्नेमा मृतकका आफन्त नै रहेको प्रहरी स्रोतको भनाइ छ।  घटनाको अनुसन्धान गर्न सिआइबीको टोली अहिले घटनास्थलमै रहेकाे र २ बजे पत्रकार सम्मेलन गरेर सबै जानकारी दिइने कर्णाली प्रदेश प्रहरी प्रमुख  डीआइजी भीम ढकालले जानकारी दिए। 

गत कात्तिक ८ गते रारा नगरपालिका-६ मुन्दु गाउँमा एकै परिवारका चार जनाको हत्या भएको थियो।  २८ वर्षीया श्रीदेवी बोहोरा, उनका छोराहरू ११ वर्षीय मनोज र ८ महिनाका रहर तथा ८ वर्षीया छोरी अप्सरा रहेका छन्। 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।