काठमाण्डाै – प्रतिनिधिसभा सदस्य चुनावमा बाजुरामा नेपाली कांग्रेसका जनकराज गिरी ५४० मतान्तरले विजयी हुनुभएको छ ।
गिरीले १७ हजार १७३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका लालबहादुर थापाले १६ हजार ६३३ मत प्राप्त गर्नुभयो ।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हेमराज थापा ६ हजार ३५ मतसहित तेस्रो र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रकाशबहादुर शाह ३ हजार ३०१ मतसहित चौथो स्थानमा हुनुहुन्छ ।