राष्ट्रियसभा उपाध्यक्ष भण्डारीकाे शपथ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै – राष्ट्रियसभाकी नवनिर्वाचित उपाध्यक्ष लीला भण्डारीले पद तथा गाेपनीयताकाे शपथ लिनुभएको छ ।

भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष शपथ लिनुभएको हो ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल, कामयमुकायमा प्रधानन्यायाधीश सपना प्रधान मल्ललगायतको उपस्थिति थियो ।

एमाले सांसद भण्डारी हिजाे राष्ट्रियसभाकाे उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएकाे थियाे ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।