मन्त्रिपरिषद् बैठक : पेट्रोलियम पदार्थ आयातमा भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै – सरकारले पेट्रोलियम पदार्थको आयातमा लाग्दै आएकाे भन्सार महसुल कर ५० प्रतिशत छुट दिने भएकाे छ ।

आज बसेकाे मन्त्रिपरिषद् बैठकले पेट्रोल, डिजेल र मट्टीतेलको आयातमा भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय गरेकाे  सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जानकारी दिनुभयाे ।

मन्त्री रावलले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न व्यावहारिक देखिएको पनि बताउनुभयो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।